बहराइनमा थप २७ जना नेपालीमा कोरोना सङ्क्रमण

५ बैशाख २०७७, शुक्रबार २०:२३

काठमाडौं : बहराइनमा थप २७ जना नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ । बहराइनको मनामास्थित नेपाली दूतावासले शुक्रबार एक बिज्ञप्ति जारी गरि थप २७ जना नेपालीलाई कोरोना संक्रमण देखिएको जनाएको छ।

योसँगै बहराइनमा कोरोना सङ्क्रमित नेपालीको सङ्ख्या ४९ पुगेको छ । यसअघि बहराइनमा २२ जना नेपालीमा सङ्क्रमण देखिएको थियो ।