बसन्त चौधरीलाई कोरोना संक्रमण पुष्टि

५ कार्तिक २०७७, बुधबार १२:०७


काठमाडौं , नर्भिक अस्पतालका अध्यक्ष बसन्त चौधरीलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । चौधरीले सामाजिक सञ्जालमार्फत आफूलाई संक्रमण पुष्टि भएको जानकारी दिनु भएको हो ।

चौधरीले आफूलाई हालसम्म कुनै लक्षण नदेखिएको र डाक्टरको सल्लाहमा आइसोलेसनमा रहेको पनि जानकारी दिनु भएको छ ।