बसको छतमा युवकको शव फेला

१७ श्रावण २०७६, शुक्रबार १८:४७

बुटवल, बुटवलको नयाँ बसपार्कमा बसको छतमा एक युवकको शव फेला परेको छ । शुक्रबार दुर्गन्ध फैलिएपछि खोजतलासी गर्दा करिब १५ दिनदेखि पार्किङ गरेर राखेको बसको छतमा आंशिक रुपमा सडेको शव फेला पारिएको इलाका प्रहरी कार्यालय बुटवलले बताएको छ ।
गुल्मी चन्द्रकोट ठेगाना भएका अन्दाजी ३५ वर्षका दीपक थापाको शव लु१६प १३७ नम्बरको बसको छतमा भेटिएको हो ।
मृतक थापा बसपार्कमा यात्रुहरुलाई बोलाएर बसमा चढाउन सघाउने काम गर्दै आएका व्यक्ति भएको प्रहरीले बताएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । मृतकको शव परिवारजनलाई पोष्टमार्टम पछि बुझाउन लागिएको स्रोतले जानकारी दियो ।