बलिउड फिल्म‘ लभ आजकल २’ को ट्रेलर सार्वजनिक (भिडियो)

५ माघ २०७६, आईतवार ११:०६

एजेन्सी , बलिउड फिल्म ‘लभ आजकल २’ को ट्रेलर सार्वजनिक भएको छ । फिल्ममा कार्तिक आर्यन र सारा अली खानको मुख्य भूमिका छ । प्रेम र इमोसनल ड्रामामा फिल्म आधारित छ ।

फिल्ममा कार्तिक, सारासँगै अरुशी शर्माको पनि अभिनय छ । फिल्म इम्तियाज अलीले निर्देशन गरेका हुन् । फिल्ममा १९९० देखि २०२० सम्मको प्रेमकहानी देखिनेछ । यस बीचमा प्रेम र अन्य सम्बन्ध कस्तो रहन्छ उक्त विषय फिल्ममा प्रस्तुत हुनेछ ।