बलिउड अभिनेत्री दीपिका द्रौपदीको भूमिकामा देखिने

१३ पुष २०७६, आईतवार १४:०१

तस्बिरः एजेन्सी

एजेन्सी,
मुम्बई , बलिउड अभिनेत्री दीपिका पादुकोण द्रौपदीको भूमिकामा देखिने भएकी छन्। निर्देशक नितेश तिवारीको महाभारतमा आधारित नयाँ फिल्‍ममा दीपिका द्रौपदी बन्न लागेकी हुन्।
यो फिल्ममा महाभारतको कथा द्रौपदीको आँखाबाट प्रस्तुत गर्न लागिएको छ।

फिल्मको निर्माण मधु मन्टेनाले गर्न लागेका हुन्। दीपिकाको द्रौपदीमा ऋतिक रोशन भगवान् कृष्णको रोलमा देखिने छन्।