बरिष्ठ सरोद वादक सुदर्शन राजोपाध्यायलाई भारतको राजस्थानमा जनवरी १९ मा सम्मान गरिदै

२६ मंसिर २०७६, बिहीबार १५:२०

काठमाडौं , बरिष्ठ सरोद वादक सुदर्शन राजोपाध्यायलाई भारतको राजस्थानमा जनवरी १९ मा सम्मान गरिदै छ । नेपालका ख्याति प्राप्त राजोपाध्यायलाई नेपालमा पनि बिभिन्न संघ सस्थाहरुले उहाँको योगदानलाई कदर गरेर सम्मान गरि सकेका छन ।

भारत, चीन, पास्कितान लगायत दजनौं देशमा पुगेर उहाँले आफ्नो कला प्रस्तुत गरिसक्नु भएको छ । भारतमा विभिन्न कार्यक्रमहरूमा उहाँलाई बोलाइन्छ । भारतका अधिकांश शहरहरूमा आयोजना हुने कार्यक्रमहरूमा उहाँले सरोद बजाउनु भएको छ । भारतमा नेपाली मूलका भनेर उहाँको सबैले चर्चा गर्छन् ।
सुदर्शन सरोदवादक मात्रै नभएर संगीतकार, गायक तथा रचनाकार पनि हुनु हुन्छ । भारतको एनआरबी फाउन्डेसन र भव्य इन्टरनेशनलले ‘इन्डियन वेस्टिज अवार्ड–२०१९’ बाट सम्मानित भइसक्नु भएको छ । सन् २०१३ मा भारतको पश्चिम बंगाल सरकारबाट समेत सम्मानित हुनु भएको छ । सन् २०१५ मा उहाँले गुजरातमा सुरिल साँझको तर्फबाट स्वर्णपत्र प्राप्त गरिसक्नु भएको छ ।

साथै, नेपालमा शास्त्र सम्मान २०१८, सेभ द नेशन अवार्डलगायत थुप्रै पुरस्कारबाट सम्मानित हुनु भएको छ । उहाँका नेपाली र नेवारी गरेर चर्चित पलपल, पानीसरी, त्यो रात, नसला, हसना, छन्ह, निन्ह, छगू मतिनालगायतका क्यासेट तथा सीडीहरू बजारमा आइसकेका छन् । जापानी भाषामा समेत गीत गाइसक्नु भएका उहाँका शास्त्रीय संगीततर्फ वन डे रागाज, सोलफूल म्युजिक फर मेडिटेसन भारतबाटै सुरिल म्युजिक इन २०१५ प्रकाशित रहेका छन् ।