बरिष्ठ पत्रकार दुर्गानाथ शर्माको निधन

२२ माघ २०७६, बुधबार १४:३५

काठमाडौं, प्रख्यात टेलिभिजनकर्मी तथा बरिष्ठपत्रकार दुर्गानाथ शर्माको आज निधन भएको छ। बाइसबर्ष अघि मुटूको शल्यक्रिया गराउनु भएका ७२ बर्षीय शर्माको उपचारका क्रममा शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएको पारिवारिक स्रोतले बताएको छ ।

गोरखापत्रबाट पत्रकारिता शुरु गर्नु भएका शर्माले नेपाल टेलिभिजनमा झन्नै पच्चिस बर्ष सेवा गर्नु भएको थियो । रेडियो नेपालमा समाचार बाचक र नेपाल टेलिभिजनको पहिलो समाचार बाचक शर्मालाई धेरैले विश्वघटना कार्यक्रममा देख्ने गरेका थिए । नेपाल टेलिभिजनको महाप्रवन्धक समेत रहनु भएका दुर्गानाथ शर्माले नौ बर्ष अघि नेपाल टेलिभिजनबाट अवकास लिएपछि विभिन्न निजी टेलिभिजनमा सम्बद्ध भएर काम गर्नु भएको थियो ।

उहाँका दुई छोरा र श्रीमति छन्। उहाँलाई केहिदिन अघि हृदयाघात भएपछि गंगालाल हृदय केन्द्र मा भर्ना गरिएको र पछि शिक्षण अस्पतालको मनमोहन कार्डियो सेण्टरमा सारिएको थियो । उहाँको आजै पशुपति आर्यघाटमा अन्त्येष्ठी गरिने बताइएको छ । शर्माको जन्म वि।सं। २००४ सालमा इलामको फिक्कलमा भएको थियो।