बजेटसँगै मनपरी मूल्यवृद्धि

२६ जेष्ठ २०७६, आईतवार ११:१८

काठमाडौं , संघीय सरकारले आगामी आथिएक वर्षको बजेट सार्वजनिक गरेसँगै बजारमा अधिकांश सामानको मूल्य बढेको छ । बजेटमा करका दर बढेसँगै बजारमा व्यवसायीले दैनिक उपभोग्य वस्तुमा मनपरी ढंगले मूल्य बढाएका हुन् ।

विशेष गरी हरियो तरकारी, चामल, तेल, चिनी, दाललगायतका वस्तुमा मूल्य बढेको छ । व्यवसायीले पसलैपिच्छे फरक र मनपरी मूल्य लिई उपभोक्ता ठगिरहेका छन् ।

बजेट वक्तव्य आउनुभन्दा तीन दिनअघि दैनिक उपभोग्य बस्तुमा न्युनतम् १० रुपैयाँदेखि अधिकतम एक सय रुपैयाँसम्म मूल्य वृद्धि भएको थियो । मूल्यवृद्धिले सबैलाई अतिरिक्त आर्थिक भार थपेको छ । यो समाचार आजको कारोबार दैनिकमा छ ।