बंगलादेश सरकारले राष्ट्रिय शोकको घोषणा : यूएस बंगला विमान दुर्घटना

३० फाल्गुन २०७४, बुधबार ०८:४६

फागुन ३०, काठमाडौं ।

काठमाडौंमा सोमबार भएको यूएस बंगलाको विमान दुर्घटनामा २६ जना बंगलादेशी नागरिकको मृत्यु भएपछि बंगलादेश सरकारले राष्ट्रिय शोकको घोषणा गरेको छ ।

बंगलादेश सरकारले बुधबार एक दिने राष्ट्रिय शोकको घोषणा गरेको हो ।

विमान दुर्घटना हुँदा प्रधानमन्त्री हसिना सिंगापुरमा थिइन् । उनी स्वदेश फर्किए लगत्तै आकस्मिक बैठक बोलाएर राष्ट्रिय शोकको घोषणा गरेकी हुन् ।

दुर्घटनामा ज्यान गुमाएकाहरुको सम्झनामा धार्मिक क्षेत्र, मन्दिर, मस्जिद लगायतमा बिहीबार विशेष प्राथना गर्ने समेत निर्णय भएको छ ।