बंगलादेशका राष्ट्रपति हमिद काठमाडौंमा

२६ कार्तिक २०७६, मंगलवार १३:५२

काठमाडौं , बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद काठमाडौं आइपुगनु भएको छ । उहाँ नेपालको चारदिने औपचारिक सद्भावना भ्रमणका लागी मंगलबार मध्यान्‍न काठमाडौं आइपुगनु भएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति विद्यादेवी भण्डारीले हदिमलाई स्वागत गर्नु भएको थियो । विमानस्थलमा उहाँलाई गार्ड अफ अनर दिएको थियो।

तीन दशकपछि यो स्तरको द्विपक्षीय भ्रमण हुन लागेको हो। सार्क स्थापना र नेपालले आयोजना गरेको सन् १९८७ को तेस्रो शिखर सम्मेलनमा पनि यस्तै भ्रमण भएको थियो। बंगलादेशका तत्कालीन राष्ट्रपति हुसेन मोहम्मद अर्सदले २०४५ असोज १६ मा नेपाल भ्रमण गर्नु भएको थियो ।