फोरमले नेपाल कम्युनिस्ट पार्टी (ने क पा) सँग तत्काल पार्टी एकता नगर्ने

२४ जेष्ठ २०७५, बिहीबार ०६:४७

जेठ २४, काठमाडौं ।

संघीय समाजवादी फोरमले नेपाल कम्युनिस्ट पार्टी (ने क पा) सँग तत्काल पार्टी एकताको सम्भावना नरहेको स्पष्ट पारेको छ ।

नेकपासँग दुई बुँदे सहमति गर्दै फोरम सरकारमा गएसँगै दुई पार्टीबीच एकता हुन लागेको हल्ला चलेको थियो । तर फोरमले यसमा सत्यता नरहेको भन्दै खण्डन गरेको छ ।

 

‘विगत केही दिनयता विभिन्न संचारमाध्यम र सामाजिक सञ्जालहरुमा संघीय समाजवादी फोरम, नेपाल र नेकपाबीच पार्टी एकीकरण हुन लागेको भनी प्रचार गरिएको छ’, फोरम अध्यक्ष उपेन्द्र यादवद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यसमा कुनै सत्यता छैन ।’

फोरमले तत्काल यस्तो सम्भावना नरहे पनि आउँदा दिनमा भने नीति, सिद्धान्त र विचार मिल्ने दल/पार्टीसँग एकीकरण गर्न सकिने बताएको छ ।

 

सुनियोजित ढंगले भ्रम सिर्जना गरिएको भन्दै फोरमले यसमा विश्वास नगर्न सबैमा आग्रह गरेको छ ।