फेसबुक मार्फत ५२ लाख ठगी गर्ने एक जनालाई पक्राउ

२८ मंसिर २०७४, बिहीबार ०२:०१

मंसिर २८, काठमाडौं । महानगरीय अपराध महाशाखाले पटक–पटक फेसबुक मार्फत ५२ लाख ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ ।

महाशाखाबाट खटिएको टोलीले फेसबुक मार्फत सम्पर्क बढाई २१ लाख ठगी गर्ने सिन्धुपाल्चोकका तुलबहादुर तामाङलाई आइतबार सिन्धुपाल्चोकबाट पक्राउ गरी हिजो काठमाडौँमा सार्वजनिक गरेको हो । तामाङले संखुवासभाकी मनकला गुरुङसँग फेसबुक मार्फत सम्पर्क बढाई विवाह समेत गरेको भनी मनकलाको नातेदार राजेश गुरुङ र कैलाश गुरुङलाई युएस आर्मीमा जागिर लगाइदिन्छु भनी २१ लाख ठगी गरेका थिए ।

 

तामाङले यसअघि फेसबुक मार्फत साथी बनाई लेबनानमा रहेकी सिन्धुपाल्चोककी सिर्जना दोङसँग ९डिपेन्डेन्ट भिसा० आश्रित प्रवेषाज्ञामा अमेरिका लैजाने भनी नौ लाख, सञ्जय दोङ, मिम लामा र कुशुम लामालाई क्यानडा लैजाने भनी २२ लाख ठगी गरेका थिए । तामाङले उक्त ठगी मुद्दामा वि।सं। ०७३ साउन महिनामा पक्राउ गरी कारबाही भएकामा केही समय थुनामा बसी धरौटीमा छुटे पश्चात् पुनः ठगी धन्दा शुरु गरेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।
(रासस)