फेसबुकका सह–संस्थापकको जन्मदिन आज

१० मंसिर २०७४, आईतवार ०९:४७

मन्जिल कन्दङ्वा
मंसिर १०, कठमाडौं ।

सन् १९८३ नोभेम्बर २६ तारिखका दिन जन्मेका अमेरिकी क्रिस हग्स आजबाट ३५ वर्षमा पाइला टेकेका छन् । सन् २००६ मा उनीसँगै फेसबुकका संस्थापक मार्क जुकरवर्गले फेसबुक बजामा भित्र्याएका थिए । उनीहरु दुबैजना एकै विश्व विध्यालयमा अध्ययन गर्थे ।


उनका बुबा अर्नेल हग्स कागज बेच्थे भने आमा ब्रिन्डा हग्स विद्यालयमा शिक्षिका थिइन् । लामो समयदेखिको प्रेम सम्बन्धलाई उनले सन् २०१२ जुन ३० तारिखका दिन प्रेमिका सिएन सिम्चा इल्डरिजसँग वैवाहिक सम्बन्ध गाँसे । उनको वैवाहिक कार्यक्रममा न्यु योर्क, वासिङटोन र सिलिकोन भ्यालीका प्रमुख व्यक्तिहरु उपस्थित थिए ।
(स्रोतः इन्टरनेटबाट)