फेरी १७ किलो सुन सहित एक युवक पक्राउ

१७ कार्तिक २०७४, शुक्रबार ०२:१०

कात्तिक १७, काठमाडौं । करिब १७ किलो सुन सहित ३१ बर्षीय पासाङ लामा पक्राउ परेका छन् । प्रहरीले मस्र्याङ्दी गाउँपालिकाको खुदीबाट उक्त परिमाणको सुनसहित उनि पक्राउ परेका हुन् । उनि मनाङ, नासोङ गाउँपालिका ९ दानाक्युका वासिन्दा हुन् ।

मोटरसाइकलमा आउँदै गरेका ती युवकलाई रोकेर प्रहरीले जाँच गर्ने प्रयास गरेपछि उनी भागेका थिए । प्रहरीले ती युवालाई भाग्दै गर्दा खुदी बजार क्षेत्रबाट पक्राउ गरेको बताएको छ ।

सुन तिब्बतको सीमा मनाङबाट तस्करी गरी नेपाल ल्याइएको हुनसक्ने प्रहरी अनुमान छ।

मनाङ तर्फबाट मोटरसाइकलमा झोलामा सुन बोकेर बेसीसहरतर्फ आउँदै गर्दा उनी पक्राउ परेको लमजुङ प्रहरीले जनाएको छ ।