फेरि स्थगित भयो नेकपा स्थायी कमिटी बैठक

२४ असार २०७७, बुधबार ११:०९

काठमाडौं , नेकपा स्थायी कमिटी बैठक स्थगित भएको छ। बैठक असार २६ गते ११ बजे बस्ने गरि स्थगित भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनु भयो । दुई अध्यक्ष ओली र दाहाल बीच पुन आज बुधबार ४ बजे भेटको समय निर्धारण गरिएको छ। आज ४ बजे दुई नेता बीच कुराकानी हुने प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले पुष्टि गर्नु भएको छ ।