फेरि डा. केसीले दिए अनसन बस्ने चेतावनी

२१ कार्तिक २०७४, मंगलवार ०२:३४

कात्तिक २१, काठमाडौँ । राष्ट्रपतिबाट चिकित्सा शिक्षा अध्यादेश प्रमाणीकरण नभए फेरि अनशन बस्ने डा. गोविन्द केसीले चेतावनी दिएका छन् ।

डा. केसीले संवैधानिक भूमिकाबाट बाहिर गएर राजनीतिक भूमिका नखेल्न भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीलाई समेत अध्यादेश प्रमाणिकरणका लागि आग्रह गरेको समाचार आजको नागरिकमा छ ।