फेजेन्ट टापु, जसले हरेक ६ महिनामा आफ्नो देश बदल्छ

२२ माघ २०७४, सोमबार १०:५४

माघ २२, काठमाडौं । एजेन्सी

गत फेब्रुअरी १ मा फ्रान्सले कुनै रक्तपात बिना नै आफ्नो ३ हजार वर्गमिटर जमित स्पेनलाई सुम्पियो । फ्रान्सले दिएको त्यो जमिन अबको ६ महिनापछि उसैगरी चुपचाप स्पेनले फ्रान्सलाई फर्काउनेछ ।

फ्रान्स र स्पेनले लेनदेन गरिरहने यो टापुको नाम हो, फेजेन्ट टापुपछिल्लो साढे ३ सय वर्षदेखि दुई देशबीचमा यस्तो लेनदेन भैरहेको छ ।


हरेक वर्ष फेब्रुअरी १ देखि जुलाई ३१ सम्म उक्त टापु स्पेनको स्वामित्वमा रहन्छ भने अगष्ट १ देखि जनवरी ३१ सम्म फ्रान्सको स्वामित्वमा ।

दुई देशको साझा स्वामित्व भएको यो टापु २ सय मिटर लामो र ४० मिटर चौडा रहेको छ ।

 

यो दुबै देशको सीमा क्षेत्रबाट ५० मिटर टाढा जलक्षेत्रको बीचमा पर्दछ । यहाँ मानिसहरु बस्दैनन्। यो टापुमा दुई देशका जलसैनिक बाहेक अरुलाई जान पनि निषेध छ ।तर कहिलेकाहीँ मनाइने सम्पदा खुल्ला दिवसमा यो टापुमा भ्रमण गर्नका लागि सर्वसाधारणलाई पनि अनुमति दिइन्छ । यो टापुमा धेरै शाही विवाहहरु तथा कैदी आदानप्रदान समारोहहरु पनि सम्पन्न भैसकेका छन् ।

सन् १६५९ मा फ्रान्स र स्पेनबीचको तिन वर्षे युद्ध अन्त्य भएर पाइरेनिजको सन्धी भएसँगै यो टापु साझा स्वामित्वमा परेको हो । सोही समयदेखि यहाँ ६/६ महिने सासन लागू हुँदै आएको छ । यस टापूमा उक्त सन्धीको स्मारक पनि रहेको छ ।