फुयाँलको प्रथम स्मृति सभा मनाइयो

२३ पुष २०७४, आईतवार ०६:५५

पुष २३,काठमाडौं।

 वरिष्ठ रंगकर्मी विष्णुभक्त फुयाँलको प्रथम स्मृति सभा मनाइएको छ ।

काठमाडौको तारा सदन स्कुलमा विष्णुभक्त–तारादेवी गुठी संस्थाले स्मृतिसभामाको आयोजना गरेको हो ।

कार्यक्रममा विष्णुभक्त रंगकर्मी पुरस्कारबाट राजेन्द्र कुमार गर्तौलालाई र तारादेवी युवा नारी प्रतिभा छात्रावृत्ति कविता तामाङलाई प्रदान गरिएको थियो ।

रंगकर्मी फुयाँलको प्रत्येक स्मृतिसभामा एक जना रंगकर्मी र एक जना युवा नारीलाई छात्रावृत्ति प्रदान गर्ने विष्णुभक्त–तारादेवी गुठी संस्थाका संरक्षक विमल फुयाँलले जनकारी दिनुभयो । रंगकर्ममा काम गर्दा गर्दै मर्न पाउँ भन्ने फुयाँलको नाटकमा अभिनय गर्दा गर्दै २०७३ पुष १९ गते निधन भएको थियो ।