फिल्म ‘सरौंतो’ को मुख्य भूमिकामा सुमी मोक्तान

१२ मंसिर २०७६, बिहीबार १५:५९

काठमाडौं , मंसिर १३ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्म ‘सरौंतो’ को मुख्य भूमिकामा सुमी मोक्तान छिन । फिल्ममा उनले फरक क्षमता भएकी युवतीको भूमिका निभाएकी छन् ।

हालै यसको ‘यो जुनी’ बोलको गीत सार्वजनिक भएको गीतमा श्रेया सोताङ र कमल खत्रीको स्वर छ । गायक कमल स्वयम्को शब्द तथा संगीत छ । हरि हुमागाईंको कोरियोग्राफी रहेको गीतको भिडियोमा अभिनेता सन्नी सिंहसँग अभिनेत्री सुमी मोक्तान बोल्ड अवतारमा देखिएकी छन् ।

बदलाको कथामा निर्मित फिल्ममा सुमी विजय लामाकी छोरीको भूमिकामा छिन् । फिल्ममा लियो ट्यांक, युवराज लामा, धीरेन शाक्य, आमिर गौतम, अरुणा कार्की, सुवांगम शाह, मनीषा पुन मगरलगायतको अभिनय छ । विराञ्जना इन्टरटेनमेन्ट, स्क्वायर वान क्रिएसन, राइजिङ फिल्म्स एन्ड ग्लिटर स्टुडियोको ब्यानरमा निर्मित फिल्ममा राघवकृष्ण गौतमको लेखन छ । फिल्ममा निमेष श्रेष्ठको सम्पादन, शंकर महर्जनको द्वन्द्व र राजनराज शिवाकोटी÷पुष्पन प्रधान÷कमल खत्रीको संगीत छ ।