फिल्म पासवर्ड युट्युबमा सार्वजनिक (भिडियो)

२ बैशाख २०७७, मंगलवार १४:५६

काठमाडौं , अभिनेता अनुप विक्रम शाहीको फिल्म पासवर्ड युट्युबमा सार्वजनिक भएको छ । सम्राट बस्नेतको निर्देशन रहेको फिल्म पासवर्ड सोमबार युट्युबमा सार्वजनिक भएको हो । यस फिल्ममा बलिउड अभिनेत्री सनी लियोनीको आइटम डान्स रहेको छ ।

फिल्ममा अमित बस्नेत र हिरल जोशीको लगानी रहेको छ । यस फिल्ममा अनुप विक्रम शाही, विक्रम जोशी, बुद्धि तामाङ, रविन्द्र झा, प्रविण खतिवडा लगायतका कलाकारको अभिनय रहेको छ ।