प्राध्यापक इश्वरीलाल श्रेष्ठ–स्मृति प्रतिष्ठानद्धारा डा अग्रवाल सम्मानित

१९ भाद्र २०७६, बिहीबार ११:००

काठमाण्डौं, प्राध्यापक इश्वरीलाल श्रेष्ठ–स्मृति प्रतिष्ठानले प्राध्यापक डा गोविन्द राम अग्रवाललाई सम्मान गरेको छ । काठमाडौंमा आयोजित ६६ औं वाणिज्य दिवसका अवसरमा डा अग्रवाललाई सम्मानित गरिएको हो । डा अग्रवालले वाणिज्य क्षेत्रमा उत्कृष्ट कार्य गरेको, स्वदेश र विदेशमा वाणिज्य क्षेत्रलाई बढावा दिएको भन्दै सम्मानपत्र, दोसल्ला र हस्तकलाजन्य मायाको चिनोद्धारा सम्मानित गरिएको हो ।

त्रिभुवन विश्वविद्यालयमा वाणिज्य विषयको कक्षा संचालन गर्न कटिबद्ध रहेका इश्वरीलालको २०७५ मंसिर ४ गते स्वर्गारोहण भएको हो ।
इश्वरीलालको सम्झनामा प्राध्यापक इश्वरीलाल श्रेष्ठ–स्मृति प्रतिष्ठान स्थापना गरि वाणिज्य दिवसको अवसरमा यस क्षेत्रका उत्कृष्ट व्यक्तिलाई सम्मान गर्न शुरु गरेको इश्वरीलालका सुपुत्र प्रकाश श्रेष्ठले जानकारी दिए ।
उक्त सम्मान कार्यक्रममा विज्ञ केदारभक्तमाथेमा, मध्यमाञ्चल विश्वविद्यालयका उपकुलपति लगायतको उपस्थिती थियो ।