प्रहरी चौकीमा वम विस्पोट हुँदा प्रहरी जवान घाइते

२६ कार्तिक २०७६, मंगलवार १४:५४

रौतहट , इसनाथ नगरपालिकास्थित मठिया प्रहरी चौकीमा बम विस्पोट भएको छ। मंगलवार दिउँसो एक भारतीय नागरिकले बम प्रहार गरेका हुन्। प्रहरी चौकिमा भएको बिस्फोटमा एक प्रहरी जवान घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार बम प्रहार गर्ने ती भारतीय नागरिकलाई पक्राउ गरिसकिएको छ।