प्रहरी चौकीमा आक्रमणको प्रयास, सोलुखुम्बुमा सुरक्षा सतर्कता बढाइयो

२० जेष्ठ २०७६, सोमबार १६:२७
dfxnhjd

ओखलढुंगा , नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा कार्यकर्ताले आइतबार मध्यराति सोलुखुम्बुको महाकुलुङ गाउँपालिका ३ छेस्कामस्थित प्रहरी चौकीमा आक्रमणको प्रयास गरेपछि सुरक्षा सतर्कता बढाइएको छ ।

सोमबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले विप्लव समूहको गतिविधि बढेको निष्कर्षसहित निगरानी बढाउने निर्णय गरेको छ । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले छेस्काममा विप्लव समूहको गतिविधि बढेकाले जिल्लाबाट थप टोली पठाइएको बताएको छ ।

मध्यराति २५–३० जनाको समूह आक्रमण गर्नका लागि चौकी पुगेको थियो । तर त्यसअघि नै प्रहरी हतियारसहित हिँडेकाले उनीहरु त्यसै फर्केका थिए ।

आक्रमणको सूचना पाएकाले प्रहरीहरु हतियारसहित सुरक्षित स्थानमा गइसकेका थिए, त्यसैले कब्जाको रणनीति असफल भएको बताइएको छ । कतिपयले आक्रमण नै भएको दाबी गरेपनि केही स्थानीयले आक्रमण नभएको बताएका छन् ।