प्रहरी कार्यालय नजिकै चोरी

१९ आश्विन २०७६, आईतवार १४:२२

काठमाण्डौं , कोहलपुर नगरपालिका वडा नं १० मा रहेको एक घरमा गएराति चोरी भएको छ । इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुखको निवासदेखि अन्दाजी २०० मिटर दूरीमा रहेको घरमा चोरी भएको हो । घरमा कोही नभएको मौका छोपी चोरी गरिएको खुल्न आएको छ ।

घरका सबै सदस्य बाहिर रहेको र नजिकैका अन्य घरमा समेत कोही नभएको समयमा गहना र नगद चोरी गर्ने उद्देश्यले घरमा चोर पसेको हुनसक्ने इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुखको अनुमान छ । घटनाको सम्बन्धमा अनुसन्धान गरी चोरको खोजी भइरहेको उहाँले जानकारी दिनु भयो ।