प्रहरीद्वारा गाँजा फँडानी

२१ कार्तिक २०७६, बिहीबार १४:५३

भोजपुर , भोजपुरको जिल्ला प्रहरी कार्यालयले अवैध लागुऔषधी गाँजा फँडानीलाई तिव्रता दिएको छ । प्रहरीले हालसम्म जिल्लामा २०२ रोपनीमा लगाएको १८ करोड बढीको गाँजा नश्ट गरेको जनाएको छ । प्रहरीले जिल्लाभर आफै उम्रेको तथा व्यवसायिक रुपमा खेती गरिएको गाँजा नश्ट गर्ने अभियान चलाएको हो ।

विषेश गरेर जिल्लाको दक्षिणी भेगमा रहेका हतुवागढी र आमचोक गाउँपालिका अन्र्तगत पर्ने उदयपुर, खोटाङ र धनकुटा जिल्लाका सीमनामा पर्ने क्षेत्रमा सबै भन्दा बढी गाँजा नष्ट गरेको छ । प्रहरीले गाँजा फडानी अभियान अन्र्तगत हसनपुरको मुस्ताङ, तथा दुधकोशी नदीको सीमानामा व्यवसायिक रुपमा खेती गरिएको ठुलो परिमाणमा गाँजा नश्ट गरेको हो ।

‘कतिपय ठाउँमा फडानी गर्न जाने क्रममा स्थानीय अवरोध गर्ने कोशिस गरेको पनि मलाई विभिन्न प्रहरी चौकीबाट जानकारी आउने गरेको छ, त्यस्तो ठाउँमा जिल्लाबाट टोली लिएर म आफैँ जाने गरेको छु ।’ प्रमुख मगरले भने ।