प्रस्तावित राजदूत निलाम्बर आचार्यलाई भारतीय ‘एग्रिमो’

५ माघ २०७५, शनिबार ११:२१

काठमाडौँ, भारतका लागि प्रस्तावित नेपाली राजदूत निलाम्बर आचार्यका नाममा सहमति प्राप्त भएको छ। परराष्ट्र मन्त्रालयले जनाए अनुसार आचार्यका नाममा शुक्रबार भारतबाट एग्रिमो आएको हो।

गत कात्तिक २५ गते बसेको मन्त्रिपरिषद् बैठकले आचार्यलाई भारतको राजदूत पदमा सिफारिस गरेको थियो। त्यसअघि भारतका लागि राजदूत सिफारित पूर्व निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीका विषयमा विवाद उत्पन्न भएपछि आचार्यलाई राजदूत सिफारिस गरिएको थियो।मन्त्रिपरिषद्ले राजदूत सिफारिस गरेको आचार्यमाथि गत मंसिर २३ गते संसदीय सुनुवाइ भएको थियो। संसदीय सुनुवाइ भएको डेढ महिनापछि आचार्यको नाममा भारतले सहमति पठाएको हो।आचार्य नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह इपिजी का नेपालतर्फका एक सदस्य हुन् आचार्यलाई राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार भारतका लागि नेपाली राजदूत नियुक्त गर्ने कार्यक्रम रहेको छ।