प्रशान्त र बर्षाले ‘रानीमहल’ छाडे

२८ माघ २०७४, आईतवार ०८:१३

माघ २८, काठमाडौं ।

निर्माण हुने भनिएको लामो समयसम्म कलाकार नपाएर छायांकन सुरु हुन नसकेको चलचित्र ‘रानीमहल’को निर्माण यूनिट फेरि समस्यामा परेको छ ।

यो चलचित्रका मुख्य दुई कलाकारले हात झिकेपछि चलचित्रको निर्माण यूनिट तनावमा परेको हो ।

चलचित्रका मुख्य आकर्षण कलाकार प्रशान्त ताम्राकारले हात झिकेका छन् ।

उनले, चलचित्र छाडेको केहि समयमै नायिका बर्षा सिवाकोटीले पनि हात झिकेकी छिन् । दुबै कलाकारले हात झिकेपछि यसको निर्माणपक्ष फेरि उनीहरुको ठाउँमा नयाँ कलाकारको खोजीमा लागेको छ ।

नायिका सिवाकोटीले करिब ७ महिना चलचित्रका लागि कुरेकी थिइन् ।

तर, घोषणा भएको केहि समय बितिसक्दा पनि छायांकनमा चलचित्र जान नसकेपछि उनले छाडेको बताइन् । उनले, चलचित्रको संझौता रकम पनि फिर्ता गरेको बताइन् ।