प्रमुख आयुक्त र आयुक्तहरुलाई सुरक्षाको माग

१० बैशाख २०७५, सोमबार १०:२३

वैशाख १०, काठमाडौं ।

निर्वाचन आयोगले प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरुलाई सुरक्षा व्यवस्था मिलाउन सरकारसाग माग गरेको छ ।

आइतबार बेलुका प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको धापाखेलस्थित घरमा वम विस्फोट भएपछि आयोगले सरकारसँग सुरक्षा माग गरेको हो ।

आयोगका प्रवक्ता नवराज ढकालले सोमबार विज्ञप्ति जारी गरी वम विस्फोटजस्ता घटनालाई मध्यनजर गरी प्रमुख आयुक्त र आयुक्तहरुको आवश्यक सुरक्षा व्यवस्था मिलाउन माग गरेको हो ।

विज्ञप्तिमा भनिएको छ ‘यस्ता प्रकारका घटनालाई मध्यनजर गरी आयोगका प्रमुख आयुक्त तथा आयुक्तहरुको आवश्यक सुरक्षा व्यवस्था मिलाउन तथा प्रमुख आयुक्तको निवासमा घटेको घटनाको यथाशिघ्र छानबिन गरी दोषिलाई कडा भन्दा कडा कारवाही गर्न आयोग नेपाल सरकारसँग हार्दिक आग्रह गर्दछ ।’