प्रभु लाइफका तीनवटा नयाँ शाखा बिस्तार

२४ माघ २०७५, बिहीबार १२:५९

काठमाडौं , प्रभु लाइफ इन्स्योरेन्सले आफ्ना नयाँ तीन शाखा कार्यालयबाट कारोबार सुरु गरेको छ ।तीनवटै शाखा कार्यालयको उद्घाटन कम्पनीका अध्यक्ष डाआत्माराम घिमिरेले गर्नु भएको थियो । कम्पनीले नेपालगञ्ज शाखा, घोराही शाखा तथा बुटवल शाखाको शुभारम्भ गरी कारोबार सुरु गरेको हो । ।