प्रधानमन्त्री बने सिरहाका दुई बालबालिकाको अभिभावक, को को हुन बालबालिका ?

६ बैशाख २०७५, बिहीबार ०८:१८

वैशाख ६, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार सिरहाका दुई बालबालिकालाई विद्यालय भर्ना गराएका छन् ।

कल्याणपुर नगरपालिका ११ का दिनेशकुमार र कौशिलादेवी मण्डल (खत्वे) की ५ वर्षकी छोरी रुपाकुमारी मण्डल (खत्वे) र भोगेन्द्र र अमिराकुमारी मल्लिकका ५ बर्षका छोरा पवन मल्लिक (डोम) लाई प्रधानमन्त्रीले स्थानीय रामदुलारी माविमा भर्ना गराएका हुन् ।

 

उनीहरुलाई प्रधानमन्त्रीले पुस्तक र पोशाक समेत वितरण गरेका छन् ।

 

विद्यालय भर्ना गरेपछि सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूले भर्ना गराएका विद्यार्थी सफल भएको हेर्न चाहेको बताए ।