प्रधानमन्त्री पत्नी राणाको छटपटी किन बढ्दै ?

२४ मंसिर २०७४, आईतवार ०८:३८

मंसिर २४, कैलाली ।
देशैभर नेपाली काँग्रेसले अपेक्षित रुपमा चुनाव जित्न नसकिरहँदा प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणाले समेत चुनाव हार्ने छनक मतपरिणाम सार्वजनिक हुदै गर्दा गरिएको थियो ।

सोहि अनुसार आरजु राणा कैलाली क्षेत्र नम्बर ५ मा पराजीत हुन पुगेकी छिन् । वाम गठबन्धनका उम्मेदवार नेकपा एमालेका नारदमुनि राना भन्दा ४ हजार आठ सय ८० मत कमभएपछि प्रधानमन्त्री पत्नी राणाको गलामा विजयको माला पहिराउने सपना चकनाचुर भएको छ यतिखेर । यससंगै देउवा पत्नी आरजुको छटपटी बढ्दै गएको समेत देखिन्छ । रानाले २७ हजार २०२ मत पाउँदा प्रतिस्पर्धी नेपाली कांग्रेसकी उम्मेदवार आरजु राणा देउवाले २२ हजार ३२२ मत ल्याएकी छिन् ।

कूल ६१ हजार ९३४ मतदाताले मतदान गरेका थिए कैलाली क्षेत्र नंम्वर ५ मा । एनजीओ र आइृनजीओ मार्फत कैलाली क्षेत्रमा विकास गरेको भन्दै मतदाताले आफूलाई ढुक्ककासाथ मतदान गर्ने आशाका साथ चुनावी मैदानमा होमीएकी आरजु राणाको पराजयसंगै नेपाली काँग्रेसभित्र अर्को आधीहुरी आएको हुनसक्ने देखिन्छ । सोहि क्षेत्रमा राजपाका उम्मेदवार लक्ष्मण चौधरीले ६ हजार ४६४ मत ल्यााएका छन भने विवेकशील साझाका दिनेशराज भण्डारीले २ हजार ६४० मत प्राप्त गरेका छन् ।