प्रधानमन्त्री देउवाको निर्देशनपछि पेट्रोलियम पदार्थको मूल्य यथावत्

१६ कार्तिक २०७४, बिहीबार १०:०३

कात्तिक १६, काठमाडौँ । नेपाल आयल निगमले बुधबार रातीदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरे पनि प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनपछि यथावत राखिएको छ ।

प्रधानमन्त्री देउवाले निर्वाचनको मुखमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि नगर्न निगम व्यवस्थापनलाई निर्देशन दिएका हुन् । त्यस लगत्तै निगम सञ्चालक समितिले मूल्य यथावत् राख्ने निर्णय गरेको निगमले जनाएको छ ।

निगम व्यवस्थापनले पेट्रोलियम पदार्थको स्वचालित मूल्य निर्धारण प्रणालीअनुसार बुधबार रातिदेखि लागू हुने गरी एलपी ग्यासमा प्रतिसिलिण्डर रु २५, पेट्रोलमा प्रतिलिटर रु दुई र डिजेल तथा मट्टितेलमा प्रतिलिटर डेढ रुपैयाँ मूल्य वृद्धि गरेको थियो ।