प्रधानमन्त्री ओली स्वदेश फिर्ता

२० भाद्र २०७६, शुक्रबार १३:३८

काठमाण्डौ , सिंगापुरमा दुई साता लामो उपचारपछि प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार स्वदेश फर्कनु भएको छ ।

उहाँ थाई एयरवेजको विमानबाट दिउँसो १२ः ५ मा त्रिभुवन विमानस्थलमा अवतरण गर्नुभएको हो ।

मिर्गौलासम्बन्धी उपचारका लागि गएको ५ गते प्रधानमन्त्री ओली सिांगापुर जानुभएको थियो । उहाँको सिंगापुरमा रहेको नेशनल युनिभर्सिटी अस्पतालमा सात चरणमा प्लाज्मा फेरसिस विधीबाट मिर्गौलाको उपचार गरिएको थियो ।