प्रधानमन्त्री ओली र सिके राउतले आज एउटै मञ्चबाट सम्वोधन गर्ने

२४ फाल्गुन २०७५, शुक्रबार १२:४७

काठमाडौं , प्रधानमन्त्री केपी शर्मा ओली र हिजो मात्रै सेन्ट्रल जेलबाट छुटेका सिके राउतले आज एउटै मञ्चबाट सम्वोधन गर्ने बताइएको छ । मधेसको स्वतन्त्र एजेण्डासहित पृथकतावादी माग गरिरहेका राउतले अब अखण्ड नेपाल स्वीकार गर्ने भएको बताइएको छ । भित्रभित्रै सरकारसँग वार्ता गरेका सिके राउतले आजैबाट पृथकतावादी गतिविधि टुंग्याउने भएका छन् । सर्वोच्च अदालतको आदेशबाट राउत हिजो मात्रै सेन्ट्रल जेलबाट छुटेका हुन् ।आज दिउँसो १ बजे राष्ट्रियसभागृहमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेर सिके राउतको पृथकतावादी गतिविधि टुंगिएको घोषणा गर्ने छन् ।