प्रधानमन्त्री ओली पुगे गृहजिल्ला झापामा

६ भाद्र २०७५, बुधबार १३:२०

भदौ ६, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओली आज गृहजिल्ला झापा आएका छन् । ओली प्रधानमन्त्री बनेपछि दोस्रोपटक यहाँ आएका हुन् ।

उनको आज कमल गाउँपालिका र गौरादहमा नागरिक अभिनन्दन गरिने कार्यक्रम रहेको छ । उनले कमल गाउँपालिका–७ मा ५० शैय्याको आयुर्वेद चिकित्सालय भवनको शिलान्यास गर्नेछन् ।

त्यसैगरी उनले आजै गौरादहमा क्षेत्र नं ५ को क्षेत्रीय कार्यकर्ता भेलालाई सम्बोधन गर्ने तथा अगुवा कार्यकर्तासँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री ओली आज अपराह्न काठमाडौँ फर्कने कार्यक्रम छ ।