प्रधानमन्त्री ओलीलाई अबुधाबीमा फुयालले स्वागत गरे

७ आश्विन २०७५, आईतवार ०८:१६

 

अबुधाबी प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्र सङ्घको महासभाको ७३औं अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै न्यु योर्क जाने क्रममा हिजो राति अबुधाबी पुगे । प्रधानमन्त्री ओलीका साथमा धर्मपत्नी राधिका शाक्य पनि छिन् ।

अबुधाबी विमानस्थलमा प्रधानमन्त्रीलाई संयुक्त अरब इमिरेट्सका लागि नेपालका कार्यवाहक राजदूत सागरप्रसाद फुयालले स्वागत गरे ।

प्रधानमन्त्री ओलीका साथमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रधामन्त्रीका प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल तथा नेपाल सरकारका अन्य वरिष्ठ अधिकारी रहेका छन् ।