प्रधानमन्त्रीसहित ४ जनाविरुद्ध अख्तियारमा उजुरी

११ फाल्गुन २०७६, आईतवार १७:४५

काठमाडौं , प्रधानमन्त्री केपी शर्मा ओली सहित निवर्तमान सूचना तथा संचार मन्त्री गोकुल बाँस्कोटा मन्त्रालयका सचिव महेन्द्रमान गुरुङ र नेपाल सेक्युरिटी प्रेसका सिइओ विकल पौडेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

उजुरी हाल्नेमा बाँके नेपालगञ्जका प्रेमबहादुर शाही र मकवानपुर हेटौँडाका आनन्दराम पौडेल छन् ।

उजुरीकर्ताले सेक्युरिटी प्रेस खरिद प्रक्रियामा स्वीस कम्पनीसँग निवर्तमान मन्त्री बाँस्कोटाले ७० करोड ‘कमिसन’ मागेको अडियो प्रधानमन्त्रीले डेढ महिनाअघि नै पाएपनि संलग्नहरुलाई कारवाहीका लागि कदम नचालेकाले प्रधानमन्त्री ओलीसहित चारैजनालाई कारवाहीको माग गरेका छन् ।