प्रधानमन्त्रीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सम्हालेका बेला २६ करोड ३५ लाख बाँडे

६ आश्विन २०७६, सोमबार ०९:२८

AppleMark

काठमाडौं,प्रधानमन्त्री केपी शर्मा ओलीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सम्हालेका बेला २६ करोड ३५ लाख रुपैयाँ वितरण गरेको पाइएको छ ।

मन्त्रालय अन्तर्गतको संस्कृति पर्यटन प्रवद्र्धन कार्यक्रम शीर्षकमा यो रकम वितरण गरिएको हो ।

तत्कालीन मन्त्री रविन्द्र भट्टराईको फागुन दोस्रो साता निधन भएसँगै प्रधानमन्त्री ओलीले यो मन्त्रालय सम्हालेका थिए । मन्त्रालयमा राज्यमन्त्री रहे पनि उनलाई अधिकार प्रत्यायोजन गरिएको थिएन ।

गत साउन १५ मा योगेश भट्टराई मन्त्री भएसँगै मन्त्रालयको नेतृत्व प्रधानमन्त्रीले छाडेका थिए ।

कानुनअनुसार सचिवस्तरीय निर्णयबाट यस्ता प्रतिष्ठानलाई बजेट बिनियोजन गर्ने व्यवस्था भए पनि बजेटका लागि मन्त्री र प्रधानमन्त्रीबाटै हस्तक्षेप हुने गरेको छ । यो समाचार आजको कारोबार दैनिकमा छ ।