प्रधानमन्त्रीद्वारा मदन आश्रितलाई श्रद्धाञ्जली

३ जेष्ठ २०७६, शुक्रबार १२:३३

काठमाडौं , प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभागका प्रमुख जीवराज आश्रितको २६ औं स्मृति दिवसका अवसरमा श्रद्धाञ्जली दिनु भएको छ । उहाँले शुक्रबार ट्विट गर्दै भन्नु भएको छ , ,‘सार्थक लोकतन्त्र, समतामूलक समाज निर्माण र समृद्धिको यात्रालाई गन्तव्यमा पुर्याएर श्रद्धेय जननेताको स्मृतिलाई सार्थक बनाऔं ।’’

दुवै नेताको २०५० सालको जेठ ३ गते दासढुंगामा जीप पल्टिएर मृत्यु भएको थियो ।