प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बुझ्‍न राष्ट्रपति भण्डारी अस्पतालमा

१९ मंसिर २०७६, बिहीबार १४:३४

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था बुझ्‍न राष्ट्रपति विद्यादेवी भण्डारी अस्पताल पुगनु भएको छ ।

ओली १० दिनदेखि महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचारत हुनुहुन्छ । यसअघि पनि राष्ट्रपति भण्डारी सेन्टरमै पुगेर प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनु भएको थियो ।

प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था अपेक्षाअनुरूप सुधार भइरहेमा बिहीबार साँझ वा शुक्रबारसम्ममा डिस्चार्ज गर्ने सम्भावना रहेको चिकित्सकले बताएका छन्। प्रधानमन्त्रीको उपचारमा संलग्न चिकित्सक डा अरुण सायमीले प्रधानमन्त्रीको रगतलगायत विभिन्न परीक्षणको पछिल्लो रिपोर्ट आएपछि रिपोर्ट हेरेर ओलीलाई आज साँझ वा भोलिसम्म डिस्चार्ज गरिने जनाएका छन्। यही मंसिर १० गते प्रधानमन्त्री ओलीको एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो।