प्रधानमन्त्रीको कदमले बढाएको आशा

१५ बैशाख २०७६, आईतवार १२:०६

कुशुम भट्टराई,

म सरकारका गलत कदमको आलोचक हुँ, तर राम्रो काम गर्दा दिल खोलेर समर्थन गर्न पनि एकरत्ती कन्जुस्याई गर्दीन । किनकी, म नेकपा या प्रधानमन्त्री ओलीसँग व्यक्तिगत रुपमा पुर्वाग्रही मानिस हैन । यो नेकपा भन्ने पार्टी निर्माणमा मेरा मातापिता, सासु ससुरा र सारा आफन्त इष्टजनको पनि आजिवन योगदान रहेकाले सकेसम्म यो पार्टीले राम्रो काम गरोस्, यसले नै नेपालीको मुहार फेरोस भन्ने उत्कट अपेक्षा भएको र त्यो अपेक्षा पुरा नहुँदा आशा भाव आक्रोशमा परिणत भएको हो । यो सरकार हामीले नै मत दिएर बनाएको हो, यो हाम्रो सरकार हो, तर यसले असल काम गरोस् भनेर चाहनु र असल काम नगर्दा आलोचना गर्नु पनि हाम्रो अधिकार हो ।

यसपाली म प्रधानमन्त्री ओलीज्यूलाई दिलैबाट प्रशँसा गर्न चाहन्छु । उहाँको ठाडो आदेशमा सिडिओको नेतृत्वमा गएको डोजरले हिजो खुलामंचमा अवैध ढँगले बनाइएका र मनोज भेटवाल भन्ने फटाहाको कमाउ धन्दा भएका टहराहरु भत्काएको छ । प्रधानमन्त्रीले चाहेमा कसैले रोक्न नसक्दोरहेछ भन्ने यसबाट स्पष्ट हुन्छ । हामीले प्रधानमन्त्रीबाट यस्तै भूमिका अपेक्षा गरेको हो ।

निश्चय नै, ओलीजी भारतको तिब्र दबाबमा हुनुहुन्छ । प्रचण्डका अनुचित स्वार्थका दबाबहरुले उहाँको मार्ग अवरोध गरीरहेको होला । तर, अब उहाँसँग करीक एक वर्ष शासन अवधि मात्र बाँकी छ, त्यसपछि प्रचण्ड प्रधानमन्त्रीका लागि किचकिच गर्न थालिहाल्छन् । प्रचण्ड आएर केही होला भन्ने हामीलाई पटक्कै आशा छैन । बरु, बाँकी एक वर्षमा प्रधानमन्त्रीले भ्रष्टाचारीहरुलाई कार्वाही गर्ने र समृद्धितिर मुलुकलाई अगाडी लैजान खुलामंच टहरा भत्काएकै शैलीमा काम गर्नुहुन्छ कि भन्ने झिनो आशा फेरी पलाएको छ ।

अब प्रधानमन्त्रीको एक्सन प्लान यस्तो हुनुपर्छ
–ठूला भ्रष्टाचारीविरुद्ध कार्वाही चलाइहाल्ने र नाम चलेका बदमासहरुलाई जेलमा जाकिहाल्ने । सेना, प्रहरी र राज्य संयन्त्रको पूर्ण साथ र सुरक्षामा भ्रष्टाचारीविरुद्ध जर्बजस्त हस्तक्षेप गरीहाल्ने ।
–भूमाफीयाले कब्जा गरेका जमीन तत्काल सरकारीकरण गर्ने ।
–भारतीयलाई नागरिकता बाँडने दलालहरु सरकारमा भए सरकारबाट बाहीर भए बाहीरबाट पक्राउ गरी जेलमा जाक्ने र हालसम्म अंिगकृतले बंशजका आधारमा पाएका नागरीकता खारेज गर्ने ।
–कालो बजारीया, जग्गा प्लटीङ माफीया, शिक्षा र स्वास्थ्य माफीया, पुननिर्माणका लागि आएको बजेटमा रजाई गरीरहेका माफीयाविरुद्ध शसक्त कदम चाल्ने, यसमा दलभित्रैका दलालहरुले बाधा हाल्न खोजे प्रधानमन्त्रीले ‘जनतासँग प्रधानमन्त्री’ कार्यक्रममा तिनको भण्डाफोर गरीदिने ।
–बलात्कारी र हत्यारा पत्ता लगाउने नसक्ने अनि शान्ति सुरक्षा बहाल गर्न नसक्ने प्रहरी अधिकारीहरुलाई बर्खास्त गरीहाल्ने । त्यस्ता असक्षम मानिसहरुको काम छैन । यसमा प्रचण्डले बाधा हाल्न खोजे ‘जनतासँग प्रधानमन्त्री’ कार्यक्रममा त्यसको पनि पोल खोलीदिने ।
–सिण्डीकेट, विदेशी आइएनजी र एनजीओ निगरानी, अनियमितता गर्ने ठेकेदारमाथि निगरानी र कार्वाही चलाउने ।
–आफ्नै केही असक्षम सल्लाहकार ९विष्णु रिमाल, राजन भट्टराई, कुन्दन अर्याल०लाई हटाई सही सल्लाह दिने सल्लाहकार चयन गर्ने ।
प्रधानमन्त्रीले अब बाँकी एक वर्षमा यी कामको सुरुवात गर्नुभयो भने जनताको उहाँले साथ पाउनुहुनेछ र यसमा कसैले बाधा अडचन तेर्साउन खोजे उ आफै नांगीनेछ, जनताले तिनलाई लाठो लिएर लखेटने छन् ।
प्रधानमन्त्री ओलीलाई अब हामीले यसतर्फ अग्रसर गराउन प्रेरणा, हौसला र मायालु दबाब पनि दिनुपर्छ । फेसवुकबाट साभार