प्रदेश ६ मा ४ बजेपछि मतगणना हुने

२४ माघ २०७४, बुधबार ०९:२०

माघ २४, काठमाडौं ।

प्रदेश ६ मा राष्ट्रिय सभा सांसदका लागि मतदान सम्पन्न भएको छ ।

अस्थायी मुकाम सुर्खेतको वीरेन्ऽनगरस्थित जिल्ला निर्वाचन कार्यालयमा मतदान भएको हो । यहाँ सतप्रतिशत मतदान भएको छ ।


प्रदेश ६ मा ८ जना राष्ट्रिय सभा सांसदका लागि जम्मा १९८ जना मतदाताले नै मतदान गरेका छन् ।

प्रदेश सभा सांसद ४० जना र बाँकी नगरपालिका र गाउँपालिकाका प्रमुखरउपप्रमुख गरी १५८ जना मतदाताले मतदान गरेका हुन् ।

खुला र महिला ३/३ र दलित, अल्पसंख्यक तथा अपाङगताका लागि एक/एक जना सांसदका लागि प्रदेश ६ मा एमाले, माओवादी र कांग्रेसबाट गरी १२ जना उम्मेदवार रहेका छन् ।

जसमा एमालेबाट ५ जना, माओवादी ३ जना र कांग्रेसबाट ४ जना उम्मेदवार छन् ।