प्रदेश ५ मा संक्रमितको संख्या ६ हजार १९ पुगेयो

११ भाद्र २०७७, बिहीबार १८:५८

भैरहवा, पछिल्लो २४ घण्टामा प्रदेश ५ मा ९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

सामाजिक विकास मन्त्रालयका अनुसार कपिलवस्तुमा १९, बाँकेमा ३३, रुपन्देहीमा ३२, बर्दियामा २ र पश्चिम नवलपरासीमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

मन्त्रालयका प्रवक्ता डा पुष्पराज पौडेलका अनुसार थपिएका संक्रमितसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या ६ हजार १९ पुगेको छ। संक्रमितमध्ये ४ हजार ६ सय ८७ जना उपचारपछि निको भएका छन । कोरोना संक्रमणबाट हालसम्म २६ जनाको मृत्यु भएको छ।