प्रदेश ५ मा प्रमुख प्रतिपक्षी दल कांग्रेसबिनै संसद बैठक सञ्चालन

१३ असार २०७५, बुधबार ०८:०९

असार १३, काठमाडौं ।

वजेट एकपक्षीय र असन्तुलित भएको भन्दै असन्तुष्टी जनाउंदै आएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको उपस्थितिविनै प्रदेश ५ को प्रदेश सभा वैठक शुरु भएको छ ।

यसअघि १ बजे बस्दै आएको वैठक बुधबार (आज) १२ बजे नै शुरु भएको छ । प्रदेश सभा बैठक शुरु भइरहदा प्रदेश सभामा आएका कांग्रेसका सांसदहरु संसदीय दलका नेता बलदेव शर्मा पोखरेलको कार्यकक्षमा बसेका छन् ।

 

बुधबारको बैठकको सुरुमा बोल्दै नेकपाका सांसदहरु भुमिश्वर ढकाल र दधिराम शर्माले बजेट राम्रो र उत्कृष्ट आएको दाबी गरेका छन् ।

 

प्रमुख प्रतिपक्षी दलका नेता बलदेव शर्मा पोखरेलले सत्ता पक्षले वहुमतको आडमा प्रतिपक्षी दललाई अवमूल्यन गरी प्रतिपक्षबिनै संसद वैठक सुचारु गरेर संसदीय अभ्यासको खिल्ली उडाएको आरोप लगाए ।

 

उनले प्रतिपक्षी दलले सबै जिल्ला र निर्वाचन क्षेत्रलाई समानुपातिक तरिकाले वजेट विनियोजन हुनुपर्ने जायज माग राख्दा पनि बेवास्ता र उपेक्षा गर्नुले सरकारको अधिनायकवादी चरित्र छर्लङ्ग भएको आरोप लगाए ।

सोमबारदेखि सुरु भएको विनियोजन विधेयकमाथिको छलफलमा सत्तापक्षकै एक दर्जन सांसदहरुले वजेट समावेशी र सन्तुलित नभएको भन्दै आलोचना गरेका थिए ।