प्रदेश ४ का मुख्यमन्त्री सुब्बा गुरुङले लिए शपथ

४ फाल्गुन २०७४, शुक्रबार ०६:२१

फागुन ४, काठमाडौं ।

प्रदेश ४ का मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पद तथा गोपनीयताको शपथग्रहण लिएका छन् ।
शुक्रबार बिहान आयोजित एक समारोहका बीच उनलाई प्रदेश ४ का प्रमुख बाबुराम कुँबरले शपथ गराएका हुन् ।


प्रदेश ४ का एमाले संसदीय दलका नेता गुरुङ गत माघ २९ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । मुख्यमन्त्री गुरुङले बुधबार नै शपथ ग्रहण गर्ने कार्यक्रम थियो ।
तर काकी रतनकुमारी गुरुङको मंगलबार निधन भएपछि उनले अाज शपथ लिएका हुन् ।

शपथलगत्तै गुरुङले दुई सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् ।

मुख्यमन्त्री गुरुङको सिफारिसमा एमाले सांसद् रामशरण बस्नेत उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री बनेका हुन् ।

उनले शपथ समेत लिइसकेका छन् । मुख्यमन्त्री गुरुङले उनलाई शपथ गराएका हुन् ।बस्नेत गोरखाबाट प्रदेशसभा सदस्य हुन् ।

तर, माओवादीले मन्त्री पठाएन । मन्त्री बन्ने आकांक्षीहरु धेरै भएका कारण माओवादीले नाम पठाउन नसकेको एक नेताले बताए ।