प्रदेश २ सरकारले ल्यायो ‘हेल्लो सीएम’ एप

११ कार्तिक २०७५, आईतवार १६:१६

प्रदेश २ सरकारले अपराध न्यूनीकरणका लागि ‘हेल्लो सीएम’ एप सार्वजनिक गरेको छ ।

 

प्रदेश प्रहरी कार्यालयले आइतबार जनकपुरमा आयोजना गरेको समूदाय प्रहरी साझेदारी कार्यक्रमको उद्घाटन समारोहमा मुख्यमन्त्री लालबाबु राउतले हेल्लो सिए एप सार्वजनिक गरेका छन ।एप सार्वजनिक गर्दै मुख्यमन्त्री राउतले बढदै गएको महिला हिंसासम्बन्धी घटनाहरुलाई न्यूनीकरण गर्न हेल्लो सिएम एपले प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्दै ।एपको बारेमा ग्रामीण स्तरसम्म जानकारी गराउने गरि सचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेसमेत जानकारी गरेका थिए ।हेल्लो सिएम एपमा आफूलार्इ परेको घटना सिधै नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन सकिने सुविधा रहेको छ ।

एप एन्ड्रोइड मोवाइलमा डाउनलोड गरिसकेपछि अन गरेर आफनो मोबाइल तीन पटक हल्लाएपछि नजिकको प्रहरीकहाँ इमरजेन्सी कल बनेर पुग्ने र त्यसमा पीडितको लोकेशनसमेत जाने व्यवस्था रहेको एपका निर्माता इञ्जिनियर आदित्य राजले जानकारी गराए ।