प्रदेश २ को रद्द र स्थगित गरिएको एसईई परीक्षा चैत २२ देखि २९ गतेसम्म हुने

१८ चैत्र २०७५, सोमबार ११:३४

काठमाडौं , प्रदेश २ को रद्द र स्थगित गरिएको माध्यामिक शिक्षा परीक्षा एसईईको परीक्षा २२ चैतदेखि सुरु हुने भएको छ ।राष्ट्रिय परीक्षा बोर्डको आज बिहान बसेको बैठकले २२ देखि २९ गतेसम्म परीक्षा सञ्चालन गर्ने निर्णय लिएको हो । विज्ञान र सामाजिक विषयको प्रश्नपत्र बाहिरिएपछि बोर्डले ती विषयको परीक्षा रद्ध गर्दै अन्य सबै परीक्षा स्थगित गरेको थियो ।

बोर्डले २२ गते विज्ञान, २३ गते सामाजिक विषयको परीक्षा लिने जनाएको छ । यसैगरी चैत २४ गते स्वास्थ्य तथा जनसंख्या, २५ गते ऐच्छिक प्रथम, २६ गते ऐच्छिक द्वितीय र २७ देखि २९ गतेसम्म प्रविधिक धारका विषयहरुको परीक्षा हुने छ ।