प्रतिबन्ध हटाउँदा पश्चिमी देशहरूलाई फाइदा हुने

२३ जेष्ठ २०७५, बुधबार ०७:०३

जेठ २३, काठमाडौं । एजेन्सी

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले रुसमाथि पश्चिमी देशहरूले लगाएको प्रतिबन्धले कुनै काम नगरेको र ती प्रतिबन्ध हटाउँदा मस्को र पश्चिमी देशहरूलाई फाइदा हुने बताएका छन् ।

अस्ट्रियाको यात्रामा गएका पुटिनले प्रतिबन्धहरू सबैका लागि हानिकारक रहेको बताए ।

 

उनले भने, ‘जसले प्रतिबन्ध लगाउन शुरू ग–यो, उसैका लागि पनि यो हानिकारक छ र उनीहका लागि पनि जो प्रतिबन्धको शिकार छन् ।’

 

रुसले क्राइमियालाई आफ्नो भूभागमा मिसाएपछि पश्चिमी मुलुकहरूले उसमाथि प्रतिबन्ध लगाएका छन् ।