प्रतिबन्धित लागूऔषधसहित ४ जना पक्राउ

१७ मंसिर २०७५, सोमबार १७:५९

काठमाडौं–

वीरगन्ज महानगरपालिका–१६ नगवा र रजत जयन्ती चोकबाट प्रतिबन्धित लागूऔषधसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ।पक्राउ पर्नेहरुमा सोही नगरपालिका–२४ बस्ने २० वर्षीय ‘उदय साह तेली’ भनिने ओम साह तेली, १८ वर्षीय ज्याउल अन्सारी र मकवानपुर हेटौंडा उपमहानगरपालिका–४ का विजय परियार रहेका छन्।

इलाका प्रहरी कार्यालय नगवाबाट खटिएको प्रहरी टोलीले ना५४प ९३८६ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा ओम साह तेली र ज्याउल अन्सारीको साथबाट नियन्त्रित लागूऔषध फेनारगन ५ सय थान, डाइजेपाम ५ सय थान र नुरफिन ५ सय थान फेला पारी पक्राउ गरेको हो।

साथै प्रहरी चौकी इनर्वाबाट खटिएको प्रहरी टोलीले मकवानपुर हेटौंडा उपमहानगरपालिका–४ बस्ने विजय परियारलाई लागुऔषध नाइट्रोभेट ३ सय थानसहित पक्राउ गरेको हो।यसैगरी पर्सा वीरगन्ज महानगरपालिका–१५ बाट  मनोहर तामाङलाई नियन्त्रित लागुऔषध नुरफिन १८ थान, डाइजेपाम १८ थान र फेनारगन १८ थान सहित आइतबार प्रहरीले पक्राउ गरेको छ। साथै मनोहरसँगै रहेका मकवानपुर हेटौंडा उपमहानगरपालिका–७ बस्ने अजिम तामाङलाई पनि प्रहरीले पक्राउ गरेको छ।