प्रतिपक्षी दल नेपाली कांग्रेस संसद सुरु गर्न सहमत

५ असार २०७५, मंगलवार ०५:४१

असार ५, काठमाडौं ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस प्रदेशसभाको अवरोध हटाउन सहमत भएको छ ।

प्रदेश ५ सरकारले ल्याएको वजेटमा असहमति जनाउँप्रदेश सभा वैठक अवरुद्ध गरेको कांग्रेस नेताहरुसँग मुख्यमन्त्री शंकर पोखरेलले मंगलबार बिहान छलफल गरेका थिए ।

 

आफ्ना माग सम्बोधन गर्न सरकार तयार भएकाले संसद पुनः सुरु गर्न सहमत भएको प्रतिपक्षी कांग्रेसका संसदीय दलका नेता बलदेव शर्मा पोखरेलले जानकारी दिए ।

 

सडक डिभिजन परिसरमा रहेको आफ्नै निवासमा भएको छलफलमा मुख्यमन्त्री पोखरेलले विपक्षीका जायज माग सम्बोधन गर्ने बताएका छन् । प्रदेश सभा वैठक मंगलबार (आज) १ बजे बस्दैछ ।